र’क्सी खान अब ‘जँ’ड्याहा कार्ड’, २ सय जनाले बनाए परिचयपत्र : पाहुनाका लागि पनि छ कार्डको ब्यवस्था

समाचार

बाजुरा, २० पुष । र’क्सी सेवनका कारण अब वाजुरामा यस्तो कार्ड बनाउनुपर्ने भएको छ । समाजमा हुने बेथिति तथा घरेलु हिं’सा रोक्न यस्तो कार्ड बनाउने नियम लगाइएको हो । बाजुराको गौमुल गाउँपालिकाले लागू गरेको अनिवार्य ‘जड्याहा कार्ड’ बनाउनुपर्ने भएको हो । यो कार्ड बनाउने नियम गाउँमा प्रभावकारी बन्दै गएको छ ।

परिचय पत्रविना र’क्सी किन्न र खान नपाइने भएपछि खान चाहनेहरुले अनिवार्य कार्ड बनाउनुपर्ने छ । गाउँपालिकाले गत वर्ष असारमा ‘म’दिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७५’ नै बनाएर कार्यान्वयनमा ल्याएको हो ।गाउँपालिका प्रमुख हरिबहादुर रोकायाले जनताको स्वास्थ्य हेरेर म’दिरा नियन्त्रण गर्नुपर्ने आवश्यकता महशुष गरी यस्तो नियम बनाइएको बताए । कार्ड बनाउनुपर्ने भएपछि अहिले मातेर हिड्नेहरु पनि कम हुँदै गएका छन् । अहिले सम्म गाउँमा दुई सय जनाले कार्ड बनाइसकेका छन् ।

जनप्रतिनिधि र कर्मचारीका परिवारले म’दिरा बिक्री गर्न समेत पाउँदैनन्। यति मात्र नभएर गाउँपालिकाले १८ वर्ष मुनिकालाई किन्न र खानसमेत रोक लगाएको छ । बिनाकार्ड किनेको र खाएको फेला परे एक पटकका लागि दुई हजार रूपैयाँ जरिवाना तिराइन्छ ।नियम लागू गराउन अनिवार्य रुपमा कार्डको ब्यवस्था गरिएको हो । नियम उल्लंघन गर्नेहरुवाट उठाइएको जरिवानावाट एक लाख रुपैया संकलन समेत भएको छ । गौमूलमा सर्वसाधारण जनतालाईभन्दा जनप्रतिनिधिलाई अझ क’डा नियम बनाइएको उनले बताए ।

जनप्रतिनिधिले कार्डबिना र’क्सी किने वा खाएमा पनि पाँच हजार रूपैयाँ ज’रिवाना तिर्नुपर्ने छ । निमय बनाउनेहरुले नै यस्तो गरेको पाइए अझ कडा निमय लगाइएको हो । म’दिरा बिक्री–वितरणका लागि गाउँपालिकाभित्र एउटा पसललाई मात्रै अनुमति दिइएको छ। लिलाम बढ–बढावटका आधारमा त्यस्तो पसल छनौट गरिएको गाउँपालिकाले जनाएको छ । दैनिक पिउने मात्रा समेत तय गरिएको छ ।

दैनिक १८० मिलिलिटरभन्दा धेरै पिउन समेत पाइदैन । कार्ड नविकरण गर्दा पनि तोकिएको मुल्य तिर्नुपर्नेछ । नयाँ कार्ड बनाउँदा पाँच सय र वार्षिक नवीकरण गर्दा पाँच सय रूपैयाँ बुझाउनुपर्ने नियम गाउँपालिकाले लगाएको छ । कोही पाहुना गाउँपालिकाभित्र गएको छ भने उसले दुई सय तिरेर अतिथि म’दिरा सेवन कार्ड बनाउनुपर्छ । यो निमय बनाएपछि गाउँमा निकै परिवर्तन भएको गाउँपालिकाले जनाएको छ । गाउँमा झै झगडा कम हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *