इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका महिला टि-२० विश्वकपको सेमिफाइनलमा

खेलकुद

काठमाडौं फागुन १९ः अष्ट्रेलियामा भइरहेको महिला टि-२० विश्वकप क्रिकेट प्रतियोगितामा जीत दर्ता गर्दै इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनल चरणमा प्रवेश गरेका छन् ।

आ-आफ्नो समूह चरण अन्तरगत हिजो भएको खेलमा जित निकाल्दै दुवै मुलुक अन्तिम चारमा पुग्न सफल भएका हुन् । सेमिफाइनल चरणको यात्रा तय गर्ने क्रममा इङ्ल्याण्डले वेष्ट इन्डिजलाई ४६ रनले पराजित गर्यो । यसैगरी अर्को खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १७ रनले पराजित गर्न सफल भयो ।

प्रतियोगिताको सेमाफाइनल चरणमा पुग्ने बाँकी दुई टोलीको छनोटका लागि सोमवार श्रीलंका र बंगलादेश तथा आयोजक अष्ट्रेलिया र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल यही मार्च महिनाको ८ तारिख आइतवार हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *