हराएकी श्रीमती १० दिन पछि फर्किदा अन्तर्वार्तामै भयो यस्तो (भिडियोसहित)

समाचार

काठमाडाैँ । रामेछापका आयुस सुनुवारले दश दिन देखि हराएकी श्रीमती फेला पारेपछि निकै खुसी भएका छन् । सानो छोरा समेत लिएर हिडेकी उनको श्रीमती मिडियामा उनका श्रीमान रोएको देखेर फर्केर आएकी छन् । श्रीमानले तिमी जहाँ भए पनि फर्केर आउ म पहिला जति माया गर्थे त्यती नै माया अझै पनि गरिरहने छु भन्दै रोएका थिए । उनको त्यो भिडियो श्रीमती धनमायाले पनि हेरेकी थिइन् ।

श्रीमानले त्यसरी रोएर भिडियोमा बोलेपछि उनी फर्केर आइन् । धनमाया घरवाट हिडेपछि भारत जान भनेर झोला बोकेर हिडेकी थिइन् तर जव श्रीमानले रुँदै गरेको आग्रह देखेर सानो बच्चा बोकेर फेरी घर फर्केकी छन् । उनी घर फर्केपछि आयुससंग धनमायाले अब कहिल्यै घर छोडेर नहिड्ने भनेर बाचा गरेकी छन् । उनी गएको शनिवार घर फर्केको बताइन् ।

उनले आफ्नो श्रीमानले कति माया गर्दा रहेछन् भनेर बिचार गर्न केही दिन घर छोडेर हिडेको बताइन् । श्रीमानले बोलेको केही कुराले आफ्नो दुखाएको कारण घर छोडेको बताइन् । उनले श्रीमानले समय नदिएका कारण आफुलाई एक्लो पनको महशुस भएको र श्रीमानसंग दुखसुखको कुरा सुनाउन र सुन्न नपाउँदा विरक्तिएर हिँडेको बताइन् ।

उनले आफु हिडेपछि श्रीमान रुँदै गरेको बिलौना देखेर मन पग्लिएको बताइन् । श्रीमान भिडियोमा रोएको देखेर आफु पनि एक्लै रोएको बताइन् । उनले मिडियामा गरगहना र पैसा पनि लिएर गएको भनिएको देखेर भने दुख लागेको बताइन् । उनले आफुलाई खान र बस्न चाहिने भएकाले केही पैसा भने लिएर गएको बताइन् । तर मिडियामा भनिएजति नलगेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *