मुश्फिकुर रहिमको दोहोरो शतकमा जिम्बाब्वेविरुद्धको एकमात्र टेस्ट बंगलादेशले जित्याे

खेलकुद

काठमाडौं : जिम्बाब्वेविरुद्धको एकमात्र टेस्ट क्रिकेट बंगलादेशले जितेको छ । ढाकामा भएकाे खेलमा मंगलबार बंगलादेशले एक इनिङ र १०६ रनले जित निकाल्न सफल भएकाे हाे । जिम्बाब्वेले पहिलो पारीमा २६५ रन बनाएको थियो । क्रेग इरभिनले शतकीय पारि खेलेका थिए । उनले १०७ रन बनाए । पहिलो पारिमा भने बंगलादेशले विशला योगफल तयार पारेको थियो ।

उसले ६ विकेट गुमाएर ५६० रन बनाउँदा पारि समाप्त गरेको थियो । बंगलादेशका लागि मुश्फिकुर रहिमले दोहोरो शतक बनाएका थिए । मोमिनुल हकले पनि १३२ रनकाे शतकीय पारी खेलेका थिए ।

पहिलो पारिका हिसाबले २९५ रनले पछि परेको जिम्बाब्वेले दोस्रो पारीमा १८९ रन बनाएर अल आउट भएपछि बंगलादेश एक इनिङ र १०६ रनले विजयी हुन पुगेकाे हाे । दोस्रो पारीमा पनि क्रेग इरभिनले सर्वाधिक ४३ रन बनाउँदा अरुले उत्कृष्ट रन बनाउन सकेनन् । जिम्बाब्वेलाई रोक्ने क्रममा बंगलादेशका नइम हसनले ५ तथा तैजुल इस्लामले ३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *