न्यजिल्याण्डका रोस टेलरले बनाए यस्तो गजबको बिश्व रेकर्ड

खेलकुद

काठमाडौँ । न्युजील्याण्डका क्रिकेटर रोज टेलरले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास बनाएका छन् । शुक्रबार भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा खेल्न शुरु गर्ना साथ टेलरको नाममा विश्व क्रिकेटमा नयाँकिर्तिमान बनेको हो ।

टेलर अन्तर्राष्ट्रिय क्रिकेटका तिनै फर्म्याट टेस्ट, एकदिवसीय र टी-२० सबैमा १००-१०० खेल खेल्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । ३५ बर्षिय टेलरले २००७ मा टेस्ट क्रिकेटमा डेभ्यु गरेका थिए भने २००६ मा टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका थिए ।

उनले अहिले खेलिरहेको टेस्टसहित सय टेस्ट खेलेका छन् भने अहिलेसम्म २३१ एकदिवसीय खेल तथा सय टी-२० खेल खेलेका छन् । साथै टेलर सय टेस्ट खेल्ने न्युजील्याण्डका चौथो क्रिकेटर बनेका छन् । यस अघि स्टेफीन फ्लेमिंग, ब्रेण्डम म्याकुलम र डेनियल भिटोरीले सय टेस्ट खेलेका थिए ।

टेलर एकदिवसीय क्रिकेटमा न्युजील्याण्डबाट धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले एकदिवसीय क्रिकेटमा अहिलेसम्म ८५७० रन बनाएका छन् । साथै एकदिवसीय क्रिकेटमा २१ शतक बनाएका टेलर न्युजील्याण्डबाट धेरै शतक बनाउने खेलाडी समेत हुन् ।

सताक्षी गोल्डकप : फाइनल प्रवेशका लागि मछिन्द्र र आर्मी आमनेसामने

तेस्रो सताक्षी गोल्डकपको फाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र दोस्रो स्थानको विभागीय टोली त्रिभुवन आर्मी आमनेसामने हुने भएका छन्। झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान रंगशालामा जारी प्रतियोगिताको शुक्रबारको मछिन्द्र र आर्मीको खेल प्रतिष्ठाको लडाइको रुपमा समेत हेरिएको छ।

गत साता सम्पन्न लिगमा आर्मीलाई हराउँदै मछिन्द्रले उपाधि जितेको थियो। मछिन्द्रविरुद्धको खेलमा जित निकाल्दै आर्मीले हारको बदला लिने दाउमा हुनेछ। यसअघि बिहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजकलाई ३–१ गोल अन्तरले हराउँदै थ्रीस्टार फाइनल प्रवेश गरेको छ। फाइनल प्रवेश गरेसँगै थ्रीस्टारले कम्तीमा तीन लाख रुपैया सुरक्षित गरेको हो।

पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि खेलको ५९ औँ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। मिक्चेन तामाङले प्रहार गरेको कर्नर किकलाई अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए। त्यस्तै, खेलको ६० औँ मिनेटमा थ्रीस्टारका अशोक खवासको लामो प्रहार सतासीधामका गोलरक्षक मनोज प्रधानको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो।

खेलको ८२औँ मिनेटमा कप्तान विक्रम लामाले गोल थपेका थिए। खेल सकिन दुई मिनेट बाँकी छँदा सतासीधामका शिशिर लेखीलाई पेनाल्टी बक्सभित्र थ्रीस्टारका खेलाडीले लडाएपछि पाएको पेनाल्टी प्रहारलाई पदम भट्टराईले सान्तवना गोल फर्काए। खेलको सातौँ मिनेटमा थ्रीस्टारका सञ्जोग राईको प्रहार आकाशिएको थियो।

२५औँ मिनेटमा लालरामको प्रहार विपक्षी खेलाडीले रोकिदिएका थिए। नवौँ मिनेटमा सतासीधामका रोशन थाम्सुहाङको प्रहार आकाशिएको थियो। ४४औँ मिनेटमा मनिष थापाको ३५ यार्ड टाढाको प्रहार थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोङले पञ्च गरेर बचाएका थिए। खेलको म्यान अफ दि म्याच थ्रीस्टारका अनन्त तामाङ घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विजेताले ६ लाख रुपैया प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *