किङ कोहलीले बनाए कीर्तिमान , इन्स्टाग्राममा ५० मिलियन फलोअर हुने पहिलो

खेलकुद

काठमाडौंः भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली मैदान भित्र त कीर्तिमान बनाउँछन् नै अब उनले मैदान बाहिर पनि कीर्तिमान बनाएका छन् । उनी इन्स्टाग्राममा ५० मिलियन ‘फलोअर्स’ कमाउने पहिलो भारतीय सेलिब्रेटी बनेका छन् ।

इन्स्टाग्राम ‘फलोअर्स’को प्रतिस्पर्धामा विराटले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पछि पारेका छन् । प्रियंकाको इन्स्टाग्राममा ४९.९ मिलियन ‘फलोअर्स’ छ । २०२० को सुरुवातमा प्रियंका इन्स्टाग्राम ‘फलोअर्स’ मामलामा विराटभन्दा अगाडि थिइन् । भारतमा इन्स्टाग्राम ‘फलोअर्स’को सूचीको टप–१० पर्ने विराट एक मात्र क्रिकेटर हुन् ।

विराटको ५० मिलियन फलोअर्स पुग्दा भारतीय टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको इन्स्टाग्राममा २०.१ मिलियन फलोअर्स छ । विराटले अहिलेसम्म इन्स्टाग्राममा ९३० सामग्री पोष्ट गरेका छन् । उनले इन्स्टाग्राममा १४८ जनालाई मात्र ‘फलो’ गरेका छन् ।

यता अभिनेत्री प्रियंका चोपडाले भने इन्स्टाग्राममा ३ हजार ५६ सामग्री पोष्ट गरेका छन् । उनले ५०५ जनालाई ‘फलो’ गरेकी छिन् । वर्तमान समयमा इन्स्टाग्राममा सर्बाधिक ‘फलोअर्स’ भएका व्यक्ति चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो छन् । इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स २०३ मिललियन छ ।

‘एसीसी इस्टर्न रिजन क्रिकेट’को तयारीमा लागे खेलाडी

नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट (इस्टर्न ििरजन क्रिकेट) प्रतियोगिताको तयारी थालेको छ। घरेलु मैदानमा आइसिसी लिग दुई खेलेलगत्तै खेलाडी अभ्यासमा जुटेका छन् । एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ।

उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ । राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले फागुन १७ गते मलेसियासित खेल्नेछ । नेपालले दोस्रो खेल फागुन १८ गते हङकङसित, तेस्रो खेल फागुन २१ गते थाइल्यान्डसित तथा चौथो खेल फागुन २३ गते सिङ्गापुरसित खेल्नेछ ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी–ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी–ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी–ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन् । नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *