महरा रिहा भएलगत्तै रोशनीले दिईन फेरी यस्तो प्रतिकृया, जसले बनायो सबैलाई अचम्मित

समाचार

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएलगत्तै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले फेरी सबैलाई चकित पाने प्रतिक्रिया दिएकी छिन । रोशनी शाहीले दुबैले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । सोमबार काठमाडौँ जिल्ला अदालतले ब’ला’त्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

शाहीमाथि ब’ला’त्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए । उनले भनिन्, ‘महरा सरकारले न्याय पाउनुभएको छ । मैले पनि न्याय पाएकी छु । अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएका छन् ।’ महराले आफूलाई ब’ला’त्कार प्रयास भन्दै उनी मिडियामा आएकी थिइन् । तर पछि उनले बयान फेर्दै आएकी थिइन् ।

गत असोज १२ गते राति महरा रक्सी सेवन गरी कोठामा आएको र बला’त्कार प्रयास गरेको रोशनीले त्यसबेला भिडियोमा भनेकी थिइन्। उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन्।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्थ्यो। ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट (गत असोज १३ गते) पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन्।

त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो। यस्तै महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए। उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो।

तिनै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरिपाउँ भन्दै दिएको निवेदन खारेज गरिदिएको थियो। काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरूद्ध महरा पाटन उच्च अदालत गएका थिए।

महराले आफूमाथि बला’त्कार प्रयास गरेको र कुट’पिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो। उक्त रिपोर्टले रोशनीमाथि कुट’पिट भएको पुष्टि गरेको थियो। पछि अदालत गएर भने रोशनीले आफ्नो कोठामा महरा नआएको लिखित बयान दिएकी थिइन्। यी सबै तथ्य र प्रमाण पन्छाएर अदालतले रोशनीको बयानका आधारमा महरालाई सफाइ दिएको हो।

यस्तो थियो रोशनीले महरामाथि लगाएको पहिलो आरोप

मदिराले लठ्ठ भएर डेरामा गएका महराले त्यहाँ ज’व’र्ज’स्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी कर’णी गर्ने मनसायले राेशनीको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवुर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै उनले भनिन, ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरा सर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।’ पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। उनी भन्छिन, ‘तर उनले मानेनन्।’ कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी उनलाई महराले फेरि भने, ‘किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।’ उनले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन। करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो गलत अनुहार देखाउन थालेको उनले रुँदै भनिन।

जुन कोठामा उनले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा आफ्नै सरबाट लुटिएकाे उनकाे दुखेसाे थियाे । उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने राेशनीले त्याे आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। उनले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले भनिन, ‘एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।’

अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी राेशनीले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। ‘राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,’ उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दु’र्व्यवहार गरेको उनको आरोप छ। आफूलाई दु’र्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको राेशनी बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

सानो कोठाको भुइ देखाउँदै उनले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।’ मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।’ अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन। जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी उनले आफूलाई बचाउन नसकेको उनको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *