दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज २–१ ले इङ्ल्यान्डलाई

खेलकुद

एजेन्सी । इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टि–ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २–१ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २२३ रनको लक्ष्य इङ्ल्यान्डले १९ ओभर १ बलमा मात्र पाँच विकेट गुमाएर पुरा गर्यो । इङ्ल्यान्डलाई जित दिलाउन कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय पारी खेल टेम्बा बाभुमाले ४९ रन बनाए । इङ्ल्यान्डका टम करण र बेन स्टोक्सले दुई–दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *