फाईनल पुगेका अन्य पाँच जनाको एकमुस्ट भन्दा धेरै भोट पाएर सिद्धार्थ शुक्ला बने बिग बोस १३ को बिजेता

मनोरन्जन

भारतः बिग बोसको १३ औं संस्करण शनिबार अन्त्य भएको छ । टिभी जगतका चर्चित नाम सिद्धार्थ शुक्ला बिग बोस १३ का बिजेता घोषित भएका छन् । विजेतालाई बिग बोस ट्रफीसहित ५० लाख भारु पुरस्कारबाट सम्मानित गरिएको हो । साथै आसिम रियाज र शहनाज गिल टप ३ प्रतिस्पर्धीमा पर्न सफल भएका छन् ।

सन् २०१९ को सेप्टेम्बर २९ मा यो सिजन सुरु भएको थियो जसको फिनाले जनवरीमा प्रस्तावित थियो । तर सिजनको बढ्दो लोकप्रियताका कारण उक्त रियालिटी सोलाई पाँच हप्ताका लागि बढाइएको थियो ।

१५ फब्रुअरीमा ग्रान्ड फिनालेको दिनसम्म यो सिजन १ सय ४० दिनस चल्यो । १३ औं सिजन इतिहासको सबैभन्दा लामो सिजन बनेको छ । यसअघि ८ औं सिजनलाई २८ दिनका लागि (हल्लाबोल नाम दिएर) बढाइएको थियो । ग्रान्ड फिनालेसम्म यसले १ सय ३५ दिन पूरा गरेको थियो।

पछिल्लो १२ सिजनहरुको तुलनामा यस पटकको सिजनमा प्रतिस्पर्धीहरुको संख्या पनि धेरै थियो । पहिलो दिनको प्रवेश हुने हाउसमेट्स र वाइल्ड कार्ड एन्ट्री मिलाएर जम्मा २२ प्रतिस्पर्धीको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *