काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि पहिलो पटक मछिन्द्र क्लबले जितेको छ। दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मनाङलाई १–० गोलले पराजित गर्दै मछिन्द्र क्लबले पहिलो पटक लिगको उपाधि चुमेको हो। विजेता बनेको मछिन्द्रले ट्रफिसँगै ५० लाख नगद जितेको छ। यता, उपविजेतामा चित्त बुझाएको आर्मीले ३५ लाख पाएको छ।
तेस्रो स्थान हाशिल गर्न सफल मनाङ मस्र्याङ्दी क्लबले २५ लाख नगद पाउँदा चौथो टिम बनेको थ्रीस्टारले १५ लाख र पाँचौ हुन सफल पुलिस क्लबले ७ लाख नगद पाएको छ।
लिगका उत्कृष्ट खेलाडीहरु
गोलरक्षक – दिप कार्की मनाङ एक लाख ५० हजार रुपैयाँ
रक्षक – अनन्त तामाङ थ्री स्टार १ एक लाख ५० हजार रुपैयाँ
मिडफिल्डर– विशाल राई ‘बी’ मछिन्द्र एक लाख ५० हजार रुपैयाँ
स्ट्राइकर – भरत खवास आर्मी एक लाख ५० हजार रुपैयाँ
प्रशिक्षक – प्रवेश कटुवाल मछिन्द्र एक लाख ५० हजार रुपैयाँ
फेयर प्ले टिम– थ्रीस्टार क्लब एक लाख रुपैयाँ
युवा खेलाडी – दर्शन गुरुङ एनआरटी एक लाख रुपैयाँ