सिंगापुरको प्रशिक्षक बने नेपाली टिमलाई प्रशिक्षण दिइसकेका डेभ वाटमोर

खेलकुद

एजेन्सी । श्रीलंकालाइ विश्वकपको उपाधि दिलाइसकेका प्रशिक्षक डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन । सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेटका लागि नयाँ प्रशिक्षकमा अनुबन्ध गरेको हो । अनुभवी प्रशिक्षक वाटमोरले नेपाली खेलाडीलाइ पनि प्रशिक्षण दिइसकेका छन ।

उनी सन् २०१७ मा केन्या विरूद्धको खेल भन्दा अगाडी नेपाली टिमलाइ प्रशिक्षण दिएका थिए । सो बेला वाटमोरले ब्याट एण्ड बल फाउण्डेसनको निमन्त्रणामा नेपाली टिमलाइ एक साता प्रशिक्षण दिएका थिए । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । वाटमोरको पहिलो प्रतियोगिता इस्टर्न रिजन क्रिकेट हुनेछ।

जसका लागि टिमले १४ खेलाडी छनोट गरिसकेको छ । यो प्रतियोगितामा नेपालले पनि खेल्दैछ । जसका लागि नेपालले १८ खेलाडी छनोट गरेको छ । डेभमोरले पाकिस्तान टिमको प्रशिक्षकपनि भइसकेका छन ।

जेनिङ्स र फोक्स फिर्ता

इङ्ल्यान्डले श्रीलंकाविरुद्ध अर्को महिना सुरु हुने भ्रमणका लागि ओपनर केनोट जेनिङ्स र विकेटकिपर ब्याट्सम्यान बेन फोक्सलाई टोलीमा फिर्ता बोलाएको छ। २०१९ मा वेस्ट इन्डिज भ्रमणपछि दुवै खेलाडीले टेस्ट टोलीमा स्थान बनाउन सकेका थिएनन्। यता दक्षिण अफ्रिकाविरुद्ध ३–१ ले शृंखला गुमाउँदा करङमा चोट लागेपछि मैदानबाहिर रहँदै आएका इङ्ल्यान्डका सर्वाधिक टेस्ट विकेट लिने जेम्स एन्डरसनलाई पनि हाल टोलीमा समावेश गरिएको छैन।

मार्च १९ बाट सुरु हुने दुई टेस्टको शृंखलामा जोनी बेयरस्टो र अलराउन्डर मोइन अली पनि टोलीमा उपलब्ध हुने छैनन्। अर्का तीव्र गतिका बलर जोफ्रा आर्चर भने यसअघि नै कुइनोको चोटका कारण टोलीबाट बाहिरिसकेका थिए। मार्क उड भने श्रीलंका भ्रमण गर्ने टोलीमा छन्। जनवरीमा दक्षिण अफ्रिकाको भ्रमण गर्दा ज्वरोका कारण घर फर्किएका ज्याक लिचले पनि १६ सदस्यीय टोलीमा स्थान बनाउन सफल भए।

‘हामीले दक्षिण अफ्रिकाको भ्रमण गर्दा युवा खेलाडीको प्रदर्शनबाट उत्साही थियौं। यस पटक हामीले युवा तथा अनुभवी खेलाडीलाई समेट्दै सन्तुलित टोली बनाएका छाैँ। इङ्ल्यान्ड टिमका छनोटकर्ता एड स्मिथले भने, ‘टोलीमा केही खेलाडी चोटपछि फर्किएका छन्।

उनीहरू लयमा फर्कने क्रममा छन्। जोनी बेयरस्टो यसअघि तीनवटै संरचनाको टोलीमा समावेश थिए। यस पटक भने हामीले उनलाई आराम दिएका छौं। मोइन अली पनि टोलीमा उपलब्ध भएनन्। हामी मोइनसँग निरन्तर संवादमा छौं। उनी टोलीका सिनियर र महत्वपूर्ण खेलाडी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *