अमेरिकाबिरुद्ध घातक बलिङ गर्दै ६ विकेट लिने सन्दिप बने ‘प्लेयर अफ दि म्याच’

खेलकुद

काठमाडाैं, २९ माघ । आईसीसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट सिरिज अन्तर्ग अन्तिम खेलमा सन्दिप लामिछाने ‘प्लेयर अफ दि म्याच’ बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै शानदार जित निकाल्यो । ३६ रनको झिनो लक्ष्य पाएको नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

नेपालको लागि पूर्व कप्तान पारस खड्काले १२ बलमा ३ छक्का र एक चौका प्रहार गर्दै २० बनाए । दिपेन्द्र सिंह ऐरीले ११ बलमा २ चौका र एक छक्का प्रहार गर्दै १५ रन जोड्न सफल भए । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए ।

यसअघि अमेरिकालाई सस्तैमा समेट्नका लागि लेग स्पिनर सन्दीप लामिछानेले ६ लिएका थिए । उनले ६ ओभरमा १६ रन खर्चेर ६ विकेट लिएका थिए । योसँगै सन्दीप ‘प्लेयर अफ दि म्याच’ चुनिए । सन्दिप, नेपालबाट ओडीआईमा ६ विकेट लिने पहिलो खेलाडी समेत बने ।

नेपालकाे लागि सुशन भारीले ३ ओभरमा ५ रन खर्चिदै ४ विकेट लिएका थिए । सन्दिप र सुशन चम्कदा अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । अमेरिकाले सिरिजमा कुनै जित निकाल्न सकेन । ओमरले भने चारवटै खेल जितेको छ । नेपाल ओमनसँग दुवै खेलमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *