नेपाली महिला क्रिकेटरले पाउँने तलब थाह पाउँदा सबै आश्चर्य चकित

खेलकुद

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुषलाई म्याच फी दिने र नेपाली महिला क्रिकेट टोलीको पनि ग्रेडिङ गर्ने नयाँ व्यवस्था गरेको छ। नक्सालमा सोमबार बसेको क्यान कार्यसमिति बैठकबाट पुरुष टोलीका सदस्यलाई प्रत्येक खेलबापत ५ हजार दिने र महिला क्रिकेट खेलाडीलाई विभिन्न ग्रेडमा प्रदान गर्ने निर्णय गरिएको हो। पुरुष खेलाडीले जनवरी १ देखि लागू हुने गरी प्रत्येक एकदिवसीय र ट्वान्टी–२० को म्याच फी पाउने क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

यसअघि पुरुष क्रिकेटरको मात्र ग्रेडिङ रहे पनि महिला क्रिकेटरको भने पहिलो पटक ग्रेडिङ गर्न लागिएको हो। पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी, सी तह थियो भने महिलातर्फ भने १८ ए, बी, सी तहका खेलाडीको क्यानसँग सम्झौता हुनेछ। क्यानले आफ्नो सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पुरुष र महिला खेलाडीको ग्रेडिङका लागि क्यान कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेको समिति गठन गरेको जनाएको छ।

उक्त समितिले कुन खेलाडीलाई कुन ग्रेडमा राख्ने भन्ने निर्णय क्यानलाई बुझाउनेछ। कुन ग्रेडका खेलाडीले कति तलब पाउने त्यो पनि समितिले क्यानलाई प्रस्ताव गर्नेछ। क्यान अध्यक्ष चन्दले खेलाडीलाई जतिसक्दो राम्रो सेवासुविधा दिने उद्देश्य रहेकाले म्याच फीको व्यवस्थासँगै तलब पनि वृद्धि गर्ने तयारी भएको बताए। पछिल्ला एक वर्षभित्र खेलाडीले गरेको प्रदर्शन नै ग्रेडिङको मुख्य आधार हुनेछ। क्यानको सोमबारको बैठक ग्रेडिङ, प्रतियोगिता र पुरुष टोलीको थाइल्यान्ड टुरमा केन्द्रित थियो।

जसअनुसार क्यानले आगामी चैत्र तेस्रो हप्तादेखि काठमाडौंमा एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। साथै थाइल्यान्ड आगामी फेब्रुअरी २५ देखि हुने एसिया कप छनोट खेलमा नेपालको प्रतिनिधित्वबारे पनि बैठकमा छलफल भएको थियो।

प्रदेशस्तरीय १६ वर्षमुनिको क्रिकेट लिग हुँदै

तल्लोस्तरदेखि नै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पोखरामा यही माघ २९ गतेदेखि गण्डकी प्रदेशस्तरीय १६ वर्ष मुनिको अन्तर जिल्ला क्रिकेट लिग प्रतियोगिता आयोजना गरिएको छ । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पहिलोपटक पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा कास्कीका दुईसहित नवलपुर, बाग्लुङ र स्याङ्जाबाट एक÷एक गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष बमबहादुर कुँवरले बताउनुभयो ।

क्रिकेट खेलको विकास तथा उमेर समूहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय÷अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता गर्न लागिएको उहाँको भनाइ छ । प्रतियोगिता संयोजक चन्द्र गुरुङले ‘राउण्ड रोविन’ लिगको आधारमा खेलाइने प्रतियोगितामा १० दिनसम्म १० लिग खेल खेलाइने र शीर्ष स्थानमा रहने टोली विजेता बन्ने बताउनुभयो । विजेताले रु २० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्ने तथा सर्वोत्कृट खेलाडी, उत्कृष्ट ब्याटस्म्यान, बलर तथा हरेक खेलमा ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले प्रतियोगिताबाट नयाँ खेलाडीको विकास गरी व्यावसायिक खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । खेलकूद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले क्रिकेट विकास गर्न आयोजना गरिएको प्रतियोगितालाई सञ्चारक्षेत्रबाट सहयोग गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *