फाईनलमा घटिया हर्कत देखाउने बांग्लादेशका तीन र भारतका दुई खेलाडीलाई आईसीसीले गर्‍यो यस्तो कार्बाहीमा

खेलकुद

काठमाडौं । यू–१९ विश्वकप क्रिकेटको फाइनलमा अनुशासनहीन काम गरेको भन्दै आईसीसीले बांग्लादेशका तीन र भारतका दुई खेलाडीलाई कार्बाही गरेको छ । फाइनल खेलपछि यी खेलाडीहरुले अनुशासन तोडेकाले मेरिट पोइन्ट घटाइएको छ । विश्वकप फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि बांग्लादेशले जितेको थियो ।

तर, खेलमा बांग्लादेशका टोविद हृदय, शमिम हुसेन र राकिबुल हसन तथा भारतका आकाश सिंह र रवि विश्वोईलाई आईसीसीले कार्बाही गरेको छ । अपशब्द बोलेकाले विश्वोईको भने थप दुई अंकको कार्बाही गरिएको छ । खेलका दौरान दुवै टिमका खेलाडीले एकअर्कालाई संकेत गर्दै आक्रामक व्यवहार देखाएका थिए भने कतिपय स्थितिमा भनाभन समेत भयो।

दक्षिण अफ्रिकामा भएको फाइनलमा दुई टिमका खेलाडीले देखाएको व्यवहारलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गम्भिर रुपमा लिएको छ। म्याच रेफ्री ग्राम लाब्रोले आइसिसीलाई घटनाबारे जानकारी दिएपछि कारबाही गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनेछ।

‘जे नहुनु पर्ने थियो त्यो भयो,’ बंगलादेशका कप्तान अकबर अलीले भने,’ठ्याक्कै के भयो त्यो मलाई थाहा त छैन। तर फाइनलमा भावनात्मक हुनु स्वभाविक हो। कहिलेकाँही खेलाडी बढी नै उत्साहित भएर हर्कत गर्न सक्छन्। युवा अवस्थामै यस्तो हुनुहुन्न। हामीले विपक्षी र खेललाई सम्मान गर्नु पर्छ।’

बंगलादेशलाई पहिलो पटक युवा विश्वकपको उपाधि दिलाउने क्रममा नटआउट ४३ रन प्रहार गरेका अलीले अघि भने,’क्रिकेट जेन्टलम्यानको खेल हो। त्यसैले मेरो टिमको तर्फबाट माफी माग्न चाहान्छु।’ भारतका कप्तान प्रियम ग्रागले बंगलादेशी खेलाडीलाई दोष दिए।

‘हामी सजिलो अवस्थामा थियौं। खेलमा केहिले जितिन्छ कहिले हारिन्छ,’ प्रियमले भने,’तर उनीहरुको प्रतिक्रिया घिनलाग्दो थियो। मलाई लाग्छ यस्तो हुनुहुन्थेन। तर पनि ठिकै छ।’

दुई टिमका खेलाडीबीच खेल सुरु भएदेखि नै आक्रमक व्यवहार सुरु भएको थियो। पहिलो इनिङको दोस्रो ओभरमा भारतका दिभान्सु सक्सेनामाथि बंगलादेशका तन्जिम हसन सकिबले कसिलो बलिङ गरेका थिए। त्यसक्रममा सकिबले सक्सेनाको टाउकोमाथि बल फ्याँकेका थिए। त्यसपछि दुईबीच भनाभना हुँदा अम्पायर एड्रियु होलस्टकले हस्तक्षेप नै गर्नु परेको थियो।

यस्तै भारतका ययश्वी जैसवाल आउट हुँदा बंगलादेशकी बलर सोरीफुल इस्लामले उनलाई बाहिर जान इशारा गरेका थिए। खेल सकिएपछि त झन् स्थिति तनावग्रस्त बनेको थियो। मैदानमा पानी बोलत फ्याँकएको थियो भने दुई पक्षका समर्थकबीच भनाभन भएको थियो।

खेल तनावग्रस्त बनेपछि बंगलादेशका कप्तानले दुई टिम चिरपरिचित प्रतिद्वन्द्वी भएकाले खेलाडी बढी भावुक भएको हुन सक्ने बताए। ‘यो भारत र बंगलादेश प्रतिद्वन्द्वी भएर पनि यस्तो भएको हो। किनककी हामीले केहि महिनाअघि मात्र भारतसँग यु-१९ एसिया कपमा हार बेहोरेका थियौं,’ अकबरले भने।

अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा खेलाडीले प्रतिखेल पाँच हजार रुपैयाँ पाउने

एकदिवसीय तथा टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीले प्रतिखेल खेलेबापत पाँच हजार रुपैयाँ पारिश्रमिक पाउने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को सोमबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।

सन् २०२० को जनवरीदेखि लागू हुने गरी सो पारिश्रमिक दिइने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। यसअघि नेपाली खेलाडीले खेलेवापत पारिश्रमिक पाउने गरेका थिएनन्। यसैगरी राष्ट्रिय क्रिकेट टोलीको खेलाडीको वर्गीकरण गर्नका लागि समिति गठन गरिएको उनले बताए।

खेलाडी वर्गिकरणका लागि क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह संयोजक तथा केन्द्रीय सदस्य दुर्गाराज पाठक र अमितवीर पाण्डे सदस्य रहनुभएको समिति गठन गरिएको छ। उक्त समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणीमा विभाजन गरी क्यानलाई सूची बुझाउने छ। उक्त समितिले महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरी क्यान समक्ष सूची पेश गर्नेछ।

यसरी श्रेणीवद्ध गरिएका खेलाडीले वर्गिकरण गरिएअनुरुप पारिश्रमिक पाउनेछन्। यसअघि पुरुष खेलाडीले मात्र पारिश्रमिक पाउँदै आएका थिए। आगामी चैत तेस्रो साता पुरुष सिनियर एकदिवसीय प्रतियोगिता आयोजना गर्ने क्यानले निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *