एक दिवसीय र टी-२० का अन्तर्राष्ट्रिय पुरुष क्रिकेट खेलाडीले पाँच हजार ‘म्याच फि’ पाउने

खेलकुद

काठमाडौं : काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलहरुमा सहभागी हुने खेलाडीहरुला जनही ५ हजार रुपैयाँ म्याच फी दिने निर्णय गरेको छ।

क्यानको सिटी अफिस नक्सालमा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो। ‘सिनियर रास्ट्रीय क्रिकेट टिम (पुरुष) खेलाडीहरुले खेल्ने एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलहरुमा जनवरी २०२० बाट लागू हुने गरी प्रतिखेल ५ हजार म्याच फी दिने निर्णय गरिएको छ’, क्यानले भनेको छ।

त्यसैगरि क्यानले सिनियर रास्ट्रीय क्रिकेट टिम (पुरुष) तर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी ग्रेड अनुसार सेन्ट्रल कन्ट्र्याक्टमा समावेश गर्ने भएको छ। त्यस्तै सिनियर राष्ट्रिय क्रिकेट टिम (महिला) तर्फ १८ जना खेलाडीहरुलाई ए, बी र सी ग्रेडअनुसार सेन्ट्रल कन्ट्र्याक्टमा समावेशका लागि प्रस्तावना तयार गरि पेश गर्न कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा समिति बनाएको छ।

उक्त समितिमा केन्द्रीय सदस्यहरु अमितवीर पाण्डे र दुर्गाराज पाठक छन्। क्यानले चैत तेस्रो सातादेखि सिनियर पुरुष एकदिवसीय प्रतियोगिता आयोजना गर्ने पनि निर्णय गरेको छ।

संकटाविरुद्ध जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा

मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार उसले प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ।

खेलको पहिलो हाफमा मछिन्द्रले गोल गर्दै १–० को अग्रता बनाएको थियो। ४१ औँ मिनेटमा देवेन्द्र तामाङको गोलबाट मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो। रन्जित धिमालको कर्नर बललाई उनले गोलमा परिणत गरेका थिए।

खेलको ६४ औँ मिनेटमा विशाल लाईले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले टाढाबाट गरेको प्रहारलाई संकटाका किपरले बेवास्ता गरेका थिए। तर, विशालको प्रहार पोस्टको दाँया तर्फबाट भित्र पसेपछि गोलमा बदलिएको थियो।

त्यस्तै, ८२ औं मिनेटमा दीपक राईले सानदार गोल गरे। रन्जित धिमालले दिएको पासलाई राईले गोलमा बदलेका थिए। उता, खेलको ८९ औं मिनेटमा संकटाका मेसुकेले सान्त्वना गोल फर्काए। मेसुकेको गोलसँगै खेलको अन्तिम नजिता ३–१ भएको थियो।

यो जितसँगै मछिन्द्रले खेलमा थप ३ अंक जोडेर आफ्नो खातामा २८ अंक बनाएको छ। उसले १२ खेलमा ९ मा जित, २ मा बराबरी र एकमा हारका साथ २८ अंक बनाएको हो। मछिन्द्र क्लब पछिल्लो सिजनमा तालिकाको अन्तिमबाट दोस्रो स्थानमा थियो। रलिगेशन नभएको गतसालको नतिजाका आधारमा उसको एक अंक घटाइएको छ। खेलमा मछिन्द्रका देवेन्द्र तामाङ म्यन अफ दि म्याच घोषित भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *