भारतमा फेरि चम्किईन् नेपाली चेली ! सावित्राको दुई गोलमा गोकुलम फाइनलमा (शक्दो शेयर गरौ)

खेलकुद

काठमाडौं : गोकुलम केरला एफसी हिरो इन्डियन महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको सेमिफाइनल खेलमा गोकुलमले सेथु मदुराई एफसीलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो। गोकुलमको जितमा नेपालकी सावित्रा भण्डारीले २ गोल गरिन्। एक गोल भने मनिषाको नाममा रह्यो।

खेलको २०औं मिनेटमा मनिषाले गोल गर्दै सेथु क्लबविरुद्ध गोकुलमकी लागि अग्रता दिलाए। खेलको खेलको ४४औं मिनेटमा गोकुलमकी सावित्रा भण्डारीले गोल गर्दै पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाइन्।

नेपालकी अनिता बस्नेत आबद्ध सेथु क्लब पहिलो हाफमा नै २ गोलले पछि परेपछि दबाबमा आएको थियो। दोस्रो हाफमा पनि सेथुले राम्रो प्रदर्शन गर्न सकेन। खेलको ८३औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै गोकुलमलाई ३–० गोलको जित दिलाइन्।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्रे क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो। अब उपाधिका लागि सावित्रा आबद्ध गोकुलमले क्रिप्सासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *