६ हजार घुससहित ५ जना ट्राफिक प्रहरी पक्राउ

समाचार

बनेपा– जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत कार्यरत ५ जना घुस लिँदा लिँदै पक्राउ परेका छन् ।मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने टिप्परहरुबाट लिएको घुस रकमसहित ५ जना प्रहरी कर्मचारी पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई २ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

यस्तै, प्रहरी चौकी हिगुवापेटीको बिटबाट प्रहरी चौकी पाँचखालको मोटरसाइकल गस्ती गर्ने प्रहरी हवाल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामागादे २ हजार घुससहित पक्राउ परेका छन् ।यस्तै बनेपास्थित ट्राफिक प्रहरीको पोस्टमा कार्यरत प्रहरी जवान हरिचन्द बानियाँ र प्रहरी हवल्दार रामहरी मानन्धर पनि २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।कूल गरेर ५ जना प्रहरी कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सोल : उत्तर कोरियाका नेता किम जङ अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्। त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।

किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए। तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्। किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेताले ‘परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको बताए।

‘मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्’, संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने। उत्तर कोरियाले सन् २०१९ मा विभिन्न क्षेप्यास्त्र परीक्षण गरेको थियो। किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *