नेपाली बलरहरुको धुलाई गर्दै शतक हान्ने ओमानका खेलाडी दिए नेपाली दर्शकको बारेमा मनछुने प्रतिकृया

खेलकुद

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानसंग नेपाल पराजित भएको छ। ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो। २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। ओमानको जितमा कप्तान जिसान मकसोद र अकिब लियासले १६७ रनको साँझेदारीले जितलाई सहज बनाइदियो। खेलमा अकिबले सर्वाधिक १०९ रन बनाए।

खेलपछि प्रतिक्रिया दिँदै अकिबले आफूले सतक हान्दा पनि नेपाली दर्शकले सपोर्ट गरेको कुराले भावुक बनाएको बताए। ‘नेपालको क्राउड एकदमै राम्रो हुनुहुँदो रहेछ। आफ्नो देशलाई सँगै जब मैले सेञ्चुरी हने त्यति बेला पनि उत्तिकै सपोर्ट गर्नु भयो,’ अकिबले भने,‘मैले सायदै कहिले यस्तो दर्शक देखें। अब कहिले नेपाल आउँछु था छैन तर आज यिनै दर्शक देखेर म र मेरो टिम खेल्नको लागि अझ उत्साहित बन्यौं।’

‘हामीले निकै राम्रो खेल्यौँ, नेपालले पनि राम्रो ब्याटिङ गरेको हो तर आजको दिन हाम्रो थियो। हामीले सुरुदेखि नै राम्रो ब्याटिङ गर्न सक्यौँ। साझेदारीहरु बन्दै गयो’, उनी भन्छन्, ‘हामीलाई प्रशिक्षकले तिमीहरु राम्रो गर्न सक्छौँ, खराब सट नखेल र सकरात्मक भएर अगाडि बढ भन्नुभएको थियो, हामीले त्यसै गर्‍यौँ। नेपालमा खेलमा फर्कने अवसर नै दिएनौँ।’

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवालले आज खेल हारे पनि ५० ओभरको खेलका लागि सिक्ने मौका भएको बताए। नेपाली कप्तान ज्ञानेन्द्र मल्लले आज बलिङ र फिल्डिङ कमजोर हुनु ‘ब्याड लक’ भए पनि खेललाई खराब भन्न नमिल्ने बताए। कुनै पनि राम्रोसँग खेल्दा जित्ने सम्भावना ५० प्रतिशत हुन्छ। नेपालले आज २४९ रन बनाएको राम्रो नै हो जुन हाम्रो मैदानमा कम नै हुन्छ। गेम हारे पनि धेरै कुरा सिक्यौं,’ मल्लले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *