काठमाडौं । जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। आजको खेलमा ओमानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो समचार तयार गर्दासम्म नेपालले २२ ओभरमा १ विकेटको क्षतीमा ९७ रन बनाएको छ । श्रृंखलाको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज हारको बदला लिने अभियानमा हुनेछ । खेल बिहान साँढे ९ बजे टियू मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
यसअघि हिजोको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । युवा अलराउण्डर कुशल मल्लले एक दिवशीय डेब्युमा कीर्तिमानी अर्धशतक प्रहार गरेको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । जितपछि नेपालले ७ टिम सम्मिलित विश्वकप क्रिकेट लिग दुईमा अंकको खाता खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित हो ।
नेपालले जितपछि २ अंक जोडेको छ । विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १ सय ९० रन बनाएको थियो । कुशल एक दिवसिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडेका हुन् । नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन मात्रै बनायो ।
नेपाली टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने
ओमान टिम : जिसम मसुद (कप्तान), अकिब इल्यास (उपकप्तान), जितेन्दर सिंह, खावर अली, सनुथ अब्राहिम, सुरज कुमार, मोहमद नसीम, सन्दीप गोड, मोहमद नदीम, जय ओडेद्रा, बादल सिंह, अहमेद फयाद बट, खलीमुल्लाह, बिलाल खान