दोस्रो वनडेमा पनि भारतको करारी हार , एक खेल अगावै न्युजिल्याण्डले जित्यो शिरिज

खेलकुद

काठमाडौँ । भारतविरुद्धको एक दिवसीय सिरिज न्युजिल्याण्डले जितेको छ । शनिबार भएको खेल २२ रनले जितेसँगै तीन खेलको सिरिजमा लगातार दोस्रो जितसहित एक खेल बाँकी छँदै न्युजिल्याण्डले सिरिज जितेको हो । पहिलो एक दिवसीय क्रिकेट खेलमा भारत ४ विकेटले पराजित गरेको थियो ।

टी-२० सिरिज क्लिनस्वीप गरेको भारतले एक दिवसीय सिरिज भने जोगाउन असफल भयो । टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २७३ रन बनाएको थियो । रस टेलरले नट आउट ७३ रन बनाउँदा आजै डेब्यु गरेका केइल जेमिसनले नट आउट २५ रन बनाए । यस्तै मार्टिन गप्टिलले ७९ रन तथा हेनरी निकोलसले ४१ रनको योगदान गरे ।

बलिङतर्फ भारतका युजबेन्द्र चाहलले ३ तथा सार्दुल ठाकुरले २ विकेट हात पारे । २७४ रनको लक्ष्य पछ्याएको भारत ४८.३ ओभरमा सवै विकेट गुमाउँदै २५१ रनमा अल आउट भयाे । भारतलाई सस्तैमा अल आउट गर्न न्युजिल्याण्डका ह्यामिस बेनेट, टिम साउदी, केइल जेमिसन र कोलिन डी ग्राण्डहोमले समान दुई/दुई विकेट लिए ।

भारतका लागि रविन्द्र जडेजाले ५५ तथा श्रीयस एय्यरले ५२ रन बनाए पनि हार टार्न पर्याप्त भएन । नjदीप सैनीले ४५ तथा पृथ्वी शले २४ रनको योगदान गरेका थिए । अब अन्तिम एक दिवसीय ११ फेब्रुअरीमा हुने छ । उक्त खेलमा पनि न्युजिल्याण्ड विजयी भए सिरिज ह्वाइटवास गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *