१५ तस्बिरमा हेर्नुस घरेलु मैदानमा ऐतिहासिक ओडीआई क्रिकेट जितका क्षणहरु (फोटो फिचर)

खेलकुद

काठमाडौं, २५ माघ । आईसीसी क्रिकेट विश्वकप लिग टु त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ । शनिबार टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ पहिलो व्याटिङ गरेको नेपालले अमेरिकालाई हराउँदै अंकको खाता खोल्न सफल भएको छ ।

सुखद सुरुवात गर्न नसकेको अमेरिकाले खेल सस्तोमा नै नेपाललाई सुम्पने अवस्था देखिए पनि आठौं विकेटका लागि गरेको साझेदारीले अमेरिकाले आफूलाई सम्मानजनक स्कोरमा उभ्याउन सफल भएको थियो । विशेषत आयन ग्रेबिएल होल्याण्डको प्रदर्शनले अमेरिकाको कमजोर अवस्थामा राम्रो सुधार ल्याएको थियो ।

अमेरिकाले ६५ रन जोड्दा उस्का महत्वपूर्ण सात खेलाडी गुमाइसकेको थियो । तर मध्यक्रममा आएका होल्याण्डले १ सय ११ बलको सामना गरेर ७ चौकाको सहयोगमा ७५ रनको योगदान दिएपछि अमेरिकाले आफुलाई सम्मानजनक रनमा उभ्याएको थियो । करण केसीले विनोद भण्डारीको क्याचको सहयोगमा होल्याण्डलाई पेभेलियन फर्काएपछि नेपाली दर्शकहरुले राहतको महसुस गरेका थिए ।

होल्याण्ड बाहेक अमेरिकाका बाँकी दुई खेलाडीले मात्र आफूलाई दोहोरो अंकमा उभ्याउन सफल भएका थिए । अमेरिकाले ४४ ओभर १ बल खेलेर सबै खेलाडी गुमाउँदै १ सय पचपन्न रन बनाएको थियो । नृेपालको तर्फबाट सुशान भारीले ३, करण केसीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिंदा पूर्व कप्तान पारस खड्का अभिनाश बोहराले कुनै विकेट लिन सकेनन् ।

यसअघि नेपाल ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाउन सफल भएको थियो । नेपालको लागि विनोद भण्डारी अर्धशतक पारी खेले भने युवा अलराउन्डर कुशल मल्लले कम उमेरमा नयाँ विश्व कीर्तिमान काय गर्दै अर्धशतकीय योगदान दिएका थिए ।

विनोदले ८९ बलको सामना गरेर ५९ रन जोड्न सफल भए भने कुशलले ४९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रन जोड्न सफल भए । विनोदले आफ्नो ओडीआई करिअरको पहिलो अर्ध शतक पूरा गरे । कुशल भने ओडीआई क्रिकेटमा अर्ध शतक पुरा गर्ने विश्वकै पहिलो कान्छो खेलाडी समेत बनेका छन् ।

नेपालको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गर्दै २१ जोड्न सफल भएका थिए भने पूर्व कप्तान पारसले ५२ बललमा २ चौका प्राहर गर्दै १९ रन जोड्न सफल भएका थिए । दीपेन्द्र ऐरी र सन्दीप लामिछाने भने शून्य रनमै आउट भएका थिए । ओपनर सुवास खकुरेल ३ रनमा आउट भए । नेपालले सुरुवात देखि नै खराब प्रर्दशन गरेको थियो । नेपालले एक समय ३ रनको अन्तरमा ४ विकेट गुमाएको थियो । यस अघि पहिलो खेलमा नेपाल ओमनसँग १८ रनले पराजित भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *