सशस्त्रले खुलायो नयाँ भर्ना

समाचार

काठमाडौं: सशस्त्र प्रहरीले विज्ञापन प्रकाशित गर्दै नयाँ भर्ना खुलाएको छ । गत मंगलबार सूचना प्रकाशित गरी २ सय ९७ जनशक्ति पदपूर्तिका लागि खरखास्त आह्वान गरेको हो। सशस्त्र प्रहरीले प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदका लागि नयाँ भर्ना खुलाएको हो । प्रहरी निरिक्षक तर्फ ५८ जना र सहायक निरिक्षकतर्फ २ सय ३९ जनाको लागि नयाँ भर्ना माग गरेको छ ।

खुल्ला तथा समावेशी रुपमा हुने पदपूर्तिमा खुल्लातर्फ प्रहरी निरिक्षकमा ३१ जना र सहायक निरिक्षकमा १ सय २८ जना, महिलातर्फ निरिक्षकमा ५ र सहायक निरिक्षकमा २२ जना, आदिवासी जनजातितर्फ प्रहरी निरिक्षमा ९ र सहायक निरिक्षकमा ३५ जना, दलितमा निरिक्षकमा ४ जना र सहायकमा १६ जना, पिछडिएको क्षेत्रमा निरिक्षकमा १ जना र सहायकमा ५ जना ५२ र अमर अशक्त प्रहरी परिवारका लागि निरिक्षकमा १ र सहायकमा ३ जनाको कोटा निर्धारण गरेको सुचनामा उल्लेख छ ।

दरखास्त दिन चाहने उम्मेदवारले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकसँगै क्षेत्रीय कार्यालयमा पनि फाराम भर्न सक्नेछन्। सुनसरी, सुर्खेत, कैलाली, पोखरा लगायत स्थानमा उम्मेदवारले दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।परीक्षा फाराम यहि आज मंसीर १८ गतेदेखि पुष १७ गतेसम्म भर्न सकिनेछ। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका व्यक्तिले खुलातर्फ आवेदन दिन सक्ने सुचनामा जनाइएको छ ।

काठमाडौं : उद्यमशीलता बढाउन भन्दै सरकारले अघि सारेका सहुलियतपूर्ण कर्जामा आम मानिसको पहुँच पुग्न सकेको छैन। राष्ट्र बैंकले गएको कात्तिक मसान्तसम्म २० हजार ८ सय ७९ जनाले मात्रै यस्तो कर्जा लिएको जानकारी दिएको छ। गत असार मसान्तमै बैंक तथा वित्तीय संस्थामा १४ लाख ४० हजार कर्जा खाता रहेको वित्तीय पहँुचसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

५ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी सरकारी लक्ष्यमा सहयोगी हुने अनुमान गरिएको यस्तो कर्जा योजनाप्रति बैंक निराश देखिएका छन्। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नदेखि बढ्दो आयात प्रतिस्थापनमा समेत सघाउ पुग्ने भनेर सरकारले यस्तो कर्जा योजना अघि सारेको हो। ‘मुलुकभित्र रोजगारी सिर्जना र उद्यमशीलता विकासका माध्यमबाट आन्तरिक उत्पादन अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई तोकिएका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थप प्रोत्साहित गरिनेछ’, राष्ट्र बैंकले ५ मंसिरमा सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *