‘रोनाल्डो हाम्रो क्लबलागि धेरै नै बुढो भए’

खेलकुद

काठमाडौँ, २५ माघ । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पछिल्लो समय उच्च फर्ममा रहेका छन् । उनले यस सिजनको अन्त्यमा युभेन्ट्स छोड्ने हल्ला पनि उत्तिकै चलेको छ । उनी बायर्न म्युनिख जाने चर्चा चलेको छ ।

मिडिया रिपोर्टका अनुसार बायर्नले रोनाल्डोलाई लिएर प्रतिक्रिया दिएको छ । रोनाल्डोको उमेर धेरै भएका कारण पनि उनलाई अनुबन्ध गर्न नसकिने क्लबले बताएको छ ।

३५ वर्ष लागेका रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबको कुनै चाहना नभएको क्लबले जनाएको छ । पाँचपटक बेलोन डिओर जितेका रोनाल्डोले युभेन्ट्सपछि कुन क्लबबाट खेल्छन् त्यो भने रोचक हुने बताइएको छ ।

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा दुई खेल हुँदैछन् । बिहान साँढे एघार बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । हिमालयन शेर्पा रेलिगेसनको दवावमा छ । उसले एउटामात्र खेल जित्न सफल भएको छ । चार बराबरी र पाँच हार खेलेको शेर्पाको सात अङ्क छ । रेलिगेसन जोनभन्दा दुई अङ्कले मात्र माथि रहेको हिमालयन शेर्पा क्लबलाई आजको जित निकै महत्वपूर्ण छ ।

च्यासलसँग तीन अङ्क खोस्न सकेमा हिमालयन शेर्पा क्लब एघारौं स्थानमा उक्लिनेछ । च्यासल भने रेलिगेसन जोनबाट माथि छ । च्यासल १० खेलबाट १२ अङ्क बनाउँदै दशौं स्थानमा छ । उसले तीन जित, तीन बराबरी र चार हारको नतिजा निकालेको छ ।

आजै हुने अर्को खेलमा फ्रेण्ड्स र जावलाखेल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् ।दिउँसो ३ बजे यी दुई टोलीबीचको खेल सुरु हुनेछ । लिगमा जावलाखेल १४ अङ्क बनाउँदै सातौं स्थानमा छ । उसले १० खेलमा चार जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । आज फ्रेण्ड्सलाई हराउन सकेमा जावलाखेलको सुपर सिक्समा रहेको लिग टुंगाउने सम्भावना बलियो हुनेछ ।

१४ अङ्क सहित नवौं स्थानमा रहेको फ्रेण्ड्स पनि जावलाखेललाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । आजै तीन बजे हल्चोक मैदानमा हुने मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीचको खेलमा सर्वाधिक चासो रहनेछ । उपाधि रक्षाको अभियानमा रहेको मनाङ फ्रेण्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । यतिमात्र होइन, यो जितले मनाङलाई उपाधिको आशा पनि कायम राख्न सहयोग गर्नेछ ।

मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अङ्क बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ । छैटौं स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *