खुशीको खबर !! सावित्रालाई जर्मन स्टार ओजिलको जर्सी उपहार

खेलकुद

काठमाडाैँ, २४ माघ । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन् । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन् । जारी लिगमा उनी हालसम्म सर्वाधिक गोलकर्ता बनेकी छिन् ।

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ । ओजिलका एजेन्ट इकुट सोगुटले सो जर्सी उनलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ । लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन् । सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन् । सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ ।

बार्सिलोना र रियल कोपा डेल रे बाट आउट

स्पेनिस महारथि बार्सिलोना र रियल म्याड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । अर्को खेलमा घरेलु टोली रियल म्याड्रिड रियल सोसियडाडसँग ४–३ गोलको हार खेप्दै बाहिरियो ।

बिल्बाओका लागि दोस्रो हाफको इन्जुरी समयमा इनाकी विलियम्सले निर्णायक गोल गरेका थिए । बार्सिलोनाले खेलको सुरु देखिनै घरेलु टोलीविरुद्ध दबाब जमाएपनि गोल फर्काएन सकेन । कप्ता लियोनल मेस्सी र अन्सु फाती प्हिलो हाफमा लगातार चुकेका थिए । दोस्रो हाफमा पनि लगातार चुकेको बार्सिलोना इन्जुरी समयमा पुगेर हार खेप्न बाध्य बन्यो ।

यसैगरी रियललाई घरेलु मैदानमा हराउन सोसियडाडका एलेक्सान्डर इसाकले दुई तथा मार्टिन ओडेगार्ड, मिकेल मेरिनोले एक एक गोल गरे । रियालका लागि मार्सेलो, रोड्रिगो र नाचो फर्नान्डेजले गोल गरेपनि टोलीको हार टार्न सकेनन् । सोसियडाडका लागि मार्टिन ओडेगार्डले १२औं मिनेटमा पहिलो गोल गरेका थिए । ५४औं मिनेटमा इसाकले गोल गर्दै सोसियडाडको अग्रता दोब्बर बनाए । इसाकले ५६औं मिनेटमा ब्यक्तिगत दोस्रो गो गरे । मिकेलले ६९औं मिनेटमा चौथो तथा निर्णायक गोल गरेका थिए ।

यसअघि ५९औं मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । ८१औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई उत्साह बढाए । इन्जुरी समयमा नाचो फर्नान्डेजले अर्को गोल गरेपनि रियलले हार टार्न सकेन । अन्तिममा एन्डोनी गोरोसावेल दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा थ्रीस्टारले साविक उपविजेता सङ्कटालाई १–० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको हो ।

थ्रीस्टारको जीतमा अनन्त तामाङ नायक बने । उनले खेलको दोस्रो हाफमा गोल गरेका हुन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा अनन्तले खेलको ६१ औं मिनेटमा थ्रीस्टारको लागि निर्णायक गोल गरे ।

खेलमा थ्रीस्टारका विक्रम लामा म्यान अफ दि म्याच घोषित भए । जारी प्रतियोगितामा थ्रीस्टारले ११ खेलमा २० अङ्क जोडेको छ । यता समान खेल खेलको सङ्कटा १५ अङ्कका साथ अङ्क तालिकाको पाँचौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *