यस्ता व्यक्तिले भुलेर पनि नखानुस् अनार

समाचार

काठमाडौं । हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ। तौल घटाउन चाहने व्यक्तिका लागि अनार विष सरह रहेको हुन्छ । अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन।अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार घातक रहेको हुन्छ । अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन।

काठमाडौं : उद्यमशीलता बढाउन भन्दै सरकारले अघि सारेका सहुलियतपूर्ण कर्जामा आम मानिसको पहुँच पुग्न सकेको छैन। राष्ट्र बैंकले गएको कात्तिक मसान्तसम्म २० हजार ८ सय ७९ जनाले मात्रै यस्तो कर्जा लिएको जानकारी दिएको छ। गत असार मसान्तमै बैंक तथा वित्तीय संस्थामा १४ लाख ४० हजार कर्जा खाता रहेको वित्तीय पहँुचसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

५ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी सरकारी लक्ष्यमा सहयोगी हुने अनुमान गरिएको यस्तो कर्जा योजनाप्रति बैंक निराश देखिएका छन्। ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नदेखि बढ्दो आयात प्रतिस्थापनमा समेत सघाउ पुग्ने भनेर सरकारले यस्तो कर्जा योजना अघि सारेको हो। ‘मुलुकभित्र रोजगारी सिर्जना र उद्यमशीलता विकासका माध्यमबाट आन्तरिक उत्पादन अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई तोकिएका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थप प्रोत्साहित गरिनेछ’, राष्ट्र बैंकले ५ मंसिरमा सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा भनिएको छ।

ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको यस्तो योजनामा सर्वसाधारणको सहभागिता बढ्न नसकेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘नेपालीलाई विदेश पठाउने र उनीहरूले कमाएको पैसाले केही व्यापारीमात्रै धनी हुने प्रणाली अहिले विकास भएको छ’, राष्ट्र बैंकका ती अधिकारी भन्छन्, ‘त्यसलाई हामीले सच्याउनु आवश्यक छ।

सहुलियतपूर्ण कर्जाको व्यवस्था त्यसको एउटा पहल हो।’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा पनि सर्वसाधारणलाई उत्पादनमा केन्द्रित गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन्। ‘हामी चामलदेखि तरकारीसम्म आयात गर्ने अवस्थामा पुगेका छौं। यसले मुलुकको समृद्धि सपना साकार हुँदैन’, उनी भन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *