न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बंगलादेश पहिलाे पटक यू–१९ विश्वकपकाे फाइनलमा

खेलकुद

काठमाण्डौ : दक्षिण अफ्रिकामा भैरहेको यू–१९ विश्वकप २०२० को दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश फाइनलमा पुगेको छ ।

अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेशले पहिलो पटक यू–१९ विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । भारत र बङ्गलादेशबीचको फाइनल खेल आउँदो आइतबार हुनेछ ।

भारतले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यसअघि भारतले ६ पटक फाइनल खेल्दा चार पटक उपाधि जितिसकेको छ । भारतीय टिमले यसपटक पनि फाइनल जितेको अवस्थामा पाँचौ पटक यू–१९ विश्वकपको उपाधि जित्ने रेकर्ड बनाउनेछ ।

ओमानको लगातार दोस्रो जित

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । मोहम्मद नदीमको अलराउन्डर प्रदर्शनमा ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । यसअघि ओमानले बुधबार नेपाललाई १८ रनले पराजित गरेको थियो ।

अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । अकिब इलियासले सर्वाधिक ७२ रनको योगदान दिए । मोहम्मद नदिम ८५ बलमा २ चौका र १ छक्कासहित ५५ रनमा अविजित तथा सुरजकुमार ३३ रनमा अविजित रहे । पहिलो खेलमा नेपालविरुद्ध अर्धशतकीय अविजित इनिङ खेलेका नदिमले आफ्नो लयलाई निरन्तरता दिँदै टोलीको जित पक्का गरे । ओपनर जतिन्दर सिंह ४ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि खावर अली र अकिबले ६६ रनको साझेदारी गर्दै इनिङ उकासे । खावर अली ३१ रनमा तथा करिमा गोर ११ रनमा क्याच आउट भए । अमेरिकाका सौरभ नेत्रवलकार, रस्टी थेरन, स्टिभ टेलर र इयान होल्यान्डले समान १–१ विकेट लिए ।

त्यसअघि त्रवि क्रिकेट मैदनमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनका सम्मानजनक योगफल तयार पारेको थियो । इयान होल्यान्डले सर्वाधिक ६५ रनको योगदान दिए । एक समय १६ ओभरमा ५४–४ को कमजोर अवस्थामा पुगेको अमेरिकालाई पाँचांै विकेटका लागि इयन होल्यान्ड र अक्षय होमराजले ८२ रनको महŒवपूर्ण साझेदारी गर्दै इनिङ् उकासेका थिए ।

अक्षयलाई ४४ रनमा बोल्ड आउट भए । जेभियर मार्सल १३ रनमा आउट भए । स्टिभ टेलर ४ रनमा तथा आरोन जोन्स १२ रनमा बोल्ड आउट भएपछि अमेरिका ४८–३ को कमजोर अवस्थामा पुगेको थियो । मोनक पटेल १९ रनमा क्याच भए । तल्लोक्रममा तिमिल पटेल १६, कप्तान सौरभ नेत्रवलकार १४ र रस्टी थेरनले १० रनको योगदान दिए । ओमानका मोहम्मद नदिमले ३ विकेट तथा जिसान मकसुद, बिलाल खान र अकिब इलियास समान २–२ विकेट लिए । कलिमुल्लाहले एक विकेट आफ्नो नाममा लेखाए । अब शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।

आर्मी पछ्याउँदै मछिन्द्र

कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड रोमाञ्चक बनेको छ । लिगको दुई चरणको खेल बाँकी रहँदा उपाधिसँगै रेलिगेसनको होड पनि थप रोमाञ्चक बनेको हो । ११औं राउन्ड जारी रहँदा शीर्षस्थानमा विभागीय त्रिभुवन आर्मी क्लब (२६) र सानमिगेल मछिन्द्र क्लब (२५) बीच १ अंकको मात्रै फरक छ । १२औं चरणको खेलमा पनि दुवै टोलीले सफलता हसिल गरेको खण्डमा यी दुई टोलीबीचको अन्तिम खेलले लिग उपाधिको छिनोफाने गर्नेछ । आर्मीको २६ र मछिन्द्रको २५ अंक छ । एक खेल कम खेलेको तेस्रो स्थानको मनाङ–मस्र्याङ्दी क्लबको १९ अंक छ ।

यस्तै, रेलिगेसन जोनमा रहेको सरस्वती (४) र एपीएफ (५) को पनि मात्रै एक अंकको अन्तर छ । सरस्वती र एपीएफभन्दा माथिका टोलीको पनि बढी अंक छैन । बिहीबार उपाधि होडका दुई क्लब आर्मी र मछिन्द्रले जित निकाल्दा रेलिगेसन जोनमा रहेका दुई टोली सरस्वती र एपीएफले हार बेहो¥यो । एपीएफले आर्मीसँग २–१ को हार भोग्दा सरस्वतीको मछिन्द्रसँग ६–१ को फराकिलो हार बेहो¥यो ।

सातदोबाटोस्थिन एन्फा कम्प्लेक्स पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा फेरि एकपटक मिडफिल्डर सन्तोष तामाङ नायक बने । सन्तोषले १७औं मिनेटमा गोल गर्दै आर्मीलाई अघि बढाएका थिए । सन्तोषले पेनाल्टी रिवाउन्डमा गोल गरेका थिए । कप्तान भरत खवासलाई रमेश दंगालले पेनाल्टी बक्समा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । सन्तोषले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु योगीले रोके पनि रिवाउन्डमा गोल गर्न सफल भएका थिए । तर, ३७औं मिनेटमा आशिष लामाको गोलबाट एपीएफले खेलमा बराबरी गरेको थियो ।

आकाश बुढामगरको कर्नरमा आशिषले हेडमार्फत गोल गर्न सफल भएका थिए । सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमार्फत दर्शनीय गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । गोलरक्षक राजु पेनाल्टी बक्सबाहिर ह्यान्ड गरेपछि आर्मीले फ्रिकिक पाएको थियो । जसलाई सन्तोषले सदुपयोग गरे । सोही अग्रता जोगाउँदै आर्मीले महŒवपूर्ण जित निकाल्यो । दोस्रो हाफमा पनि आर्मीले एपीएफलाई दबाबमा राखे पनि थप गोल गर्न सकेन ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानले स्कोरिङमा समस्या अझै समस्या रहेको र एपीएफमाथिको जितसँगै उपाधिबाट दुई कदम टाढा रहेको बताए । एपीएफका प्रशिक्षक राजेन्द्र तामाले बलियो आर्मीसँग राम्रै खेल पस्के पनि स्कोरमा चुक्दा पराजित हुनुपरेको बताए । रेलिगेसनको डर रहेकाले बाँकी दुई खेल जित्नुको विकल्प नरहेको प्रशिक्षक तामाङले थपे ।

बिहीबारै उपाधि दाबेदार सानमिगेल मछिन्द्र क्लबले रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले सानदार जित निकाल्दै उपाधि यात्रालाई यथावतै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन दीपक राईले २, देवेन्द्र तामाङ, विशाल राई ‘ए’, एडिलाजा सोमिडे र आन्द्रेस नियाले गोल गरेका थिए । ४०औं मिनेटमा रन्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा विजय धिमालको लामो पासमा अफसाइड बिट ट्याप गर्दै दीपक राईले एकल प्रयासमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा रन्जितको क्रस पासमा विशालले गोल गर्दै मछिन्द्रलाई खेलमा ३–० को अग्रता दिलाए । गोलरक्षक प्रदीप भण्डारीबाट बल खोस्दै गरेको क्रसमा विशालले क्लोज रेन्जबाट गोल गरेका थिए ।

७७औं मिनेटमा योगेश गुरुङको फ्लिक पासमा दीपकले व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले खेलमा ४–० को आरामदायी आग्रता बनायो । लगत्तै दीपक पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट पनि चुके । सरस्वतीका कप्तान राज शाहीले एडिलाजा सोमिडेलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा दीपकको प्रहार आकासियो । ८६औं काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा पु¥याए । पिटर सेगुनले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो ।

इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा एडिलाजा सोमिडे गोल गर्दै मछिन्द्रलाई ५–१ ले अघि बढाए । त्यसपछि आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रको ६–१ को सानदार जित दिलाए । जितपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि सम्भावना अझै रहेको र आर्मीसँगको भन्दा पनि संकटासँगको खेल महŒवपूर्ण हुने बताएका छन् । उनले उपाधिमा आर्मीकै भर पर्नुपर्नेसमेत बताएका छन् । सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले टोलीमा रेलिगेसन दबाब अझै नरेहको र बाँकी २ खेलमा जित हात पारे रेलिगेसन बच्न सकिने थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *