अमेरिकाविरुद्धको एक दिवसीयअघि नेपाललाई यति ठुलो झड्का

खेलकुद

काठमाण्डाै : आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गत शनिबार अमेरिकासँग खेल्ने नेपाली टाेलीमा शरद भेषावकर नहुने भएका छन् । पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको र जित्नैपर्ने खेलअघि भरपर्दा ब्याट्सम्यान शरद भेषावकर घाइते भएपछि नेपाली टिमलाई ठूलो धक्का लागेको हाे ।

नेपाली टिमका हार्ड हिटर ब्याट्सम्यान शरद भेषावकर घाइते भएका उनकाे एमआरआई गरेपछि १० दिन रेस्ट गर्न चिकित्सकले सल्लाह दिएका थिए । शरदले ओमानविरुद्ध नेपालका तर्फबाट अर्धशतक बनाउँदै टिमको स्कोर उकासेका थिए । तर उनी आउट भएसँगै नेपालको आशा पनि समाप्त भएको थियो ।

दाजु महेन्द्र भेषावकरको निधन हुँदा शरद किरिया बसेका र त्यतिबेला कारण कम्मरमुनिको भागमा समस्या देखिएको थियो । उनले ओमानविरुद्धको खेलमा पनि असजिलो महसुस गरेका थिए । शरद घाइते भएसँगै उनको ठाउँमा सुवास खकुरेलले मौका पाउने सम्भावना रहेको छ । राष्ट्रिय टिमको वैकल्पिक खेलाडीको रुपमा रहेका सुवासलाई रिप्लेस गर्ने विषयमा क्यानले पहल थालेको र यस विषयमा शुक्रबार निर्णय हुने जनाइएको छ ।

सरस्वती युथ क्लबलाई पराजित गर्दै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा बिहीबार सम्पन्न पहिलो खेलमा मच्छिन्द्रले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो।

मच्छिन्द्रले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा पाँच गोल थप्यो। खेलको ४०औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई शुरुआती अग्रता दिलाए। रञ्जित धिमालको क्रसमा उनले हेड गोल गरेका थिए। त्यसैगरी खेलको ५४औँ मिनेटमा मच्छिन्द्रका दीपक राईले एक गोल थप्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए। उनले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मच्छिन्द्रका अर्का खेलाडी विशाल राई ९ए० ले गोल गरे। उनले खेलको ५९औँ मिनेटमा गोल गरेका थिए।

त्यसपछि खेलको ७७औँ मिनेटमा दीपक राईले व्यक्तिगत दोस्रो गोल गरे। त्यस्तै खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा मच्छिन्द्रले दुई गोल थप्पो। मच्छिन्द्रका सोमिद ओलुवावुनमी एडिलाजा र आन्द्रेस नियाले एक एक गोल गरे। त्यस्तै खेलको ८७औँ मिनेटमा सरस्वतीका कजिम बुसारीले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए। यससँगै ११ खेल खेलेको मच्छिन्द्रले २५ अङ्क जोडेको छ भने समान खेल खेलेको सरस्वतीको ४ अङ्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *