औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा

समाचार

कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पिसाब पोल्ने समस्या हटाउन, कामोत्तेजना वृधदिका लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ ।यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ ।

काठमाडौं : शुक्रबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

नेपालमा अहिले देशभरी नै सामान्य बदली भइरहेको छ। बिहीबार दिउँसो काठमाडौं उपत्यकाका केही स्थानमा सामान्य वर्षासमेत भएको थियो। आजपनि देशभरको आकास बादलले ढाकेको छ।शुक्रबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षा/हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग केहि स्थानहरुमा हल्का हिमपात र पहाडका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *