विश्वकप लिग – २ मा ओमानको लगातार दोस्रो जीत, अमेरिका ६ विकेटले पराजित

खेलकुद

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिका ओमानसँग पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको २१४ रनको लक्ष्य पछ्याएको ओमानले ४९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै २१४ रन बनायो । ओमानका लागि अक्वब लेयस र मोहमद नदिमले अर्धशतकीय पारी खेले । ११० बल खेलेका लेयसले ६ चौका र २ छक्काको सहयोगमा ७२ रन बनाए । ८५ बल खेलेका नदिमले २ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए । त्यस्तै खवार अलीले ३१ र सुरज कुमारले ३३ रन बनाए ।

बलिङतर्फ अमेरिकाका लागि स्टिभन टेलर, सौरव नेत्रभालकर, रुटे थेरोन र आइएन होलान्डले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।

अमेरिकाका लागि आइएन होलान्डले अर्धशतकीय पारी खेले ७८ बल खेलेका उनले ७ चौकाको सहयोगमा ६५ रन बनाए । त्यस्तै अक्षय होमराजले ४४ रन बनाउँदा मोनाक पटेल १९ , टमिल पटेल, सौरव नेत्रवालकर १४, सविर मार्सेल १३ रन बनाए । बलिङतर्फ ओमानका लागि मोहमद मदिमले सर्वाधिक तीन विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *