पहिले न्युजिल्याण्ड धुलाई गर्यो त्यसपछि आईसिसीले पनि भारतलाई गर्यो यस्तो कार्वाही

खेलकुद

काठमाडौं । भारतीय क्रिकेट टिमलाई आइसीसीले कारवाही गरेको छ । बुधबार सम्पन्न न्युजील्याण्डविरुद्धको एकदिवसीय खेलमा निर्धारित समयमा ओभर समाप्त नगरेको भन्दै खेल फिसको ८० प्रतिशत जरिवाना गरेको आइसीसीले जानकारी दिएको छ । न्युजील्याण्डको हामिल्टनमा भएको खेल न्युजील्याण्डले ३४७ रन चेज गर्दै ४ विकेटले जितेको थियो ।

सो खेलका म्याच रेफ्रीले भारतले निर्धारित समयमा ४ ओभर फाल्न बाँकी रहेको भन्दै आइसीसीको आर्टिकल २.२२ अनुसार प्रति ओभर २० प्रतिशतका दरले जरिवाना गरेका हुन् । भारतीय कप्तान विराट कोहलीले सो आरोप स्वीकार गरेकाले यस केसमा थप सुनुवाईको आवश्यकता नभएको आइसीसीले जनाएको छ ।

यस अघि न्युजील्याण्डविरुद्धका दुई टी-२० खेलमा पनि भारतलाई चौथो खेलमा ४० र पाँचौ खेलमा २० प्रतिशत जरिवाना गरिएको थियो । जारी एकदिवसीय सिरिजमा न्युजील्याण्डले पहिलो खेल जितेर १-० को अग्रता बनाएको छ भने सिरिजको दोस्रो खेल ८ फेब्रुअरीमा हुदै छ ।

न्युजिल्याण्डद्वारा भारत चार विकेटले पराजित

भारतविरुद्धको एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी ४ विकेटले विजयी भएको छ । पाँच टी-२० श्रृङ्खला क्लिन स्वीप गरेको भारतले न्युजिल्याण्डलाई एक दिवसीय क्रिकेटमा दिएकाे ३४८ रनको लक्ष्य भने जोगाउन असफल बन्यो । ह्यामिल्टनमा भारतले दिएको ३४८ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले ४८.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ३४७ रनको विशाल लक्ष्य बनायो ।

जवाफमा किवी टीमका रस टेलरको नटआउट १०९ ररनको शतकीय पारिको मद्दतले ११ बल बाँकी छँदै जित दर्ता गर्न सफल भयो । उनले ८४ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै हेनरी निकोल्सले ७८, टम ल्याथमले ६९ रन बनाए । मार्टिन गप्टिलले ३२ रनको योगदान दिए ।

बलिङतर्फ भारतका कुलदिप यादवले दुई विकेट लिए भने शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक एक विकेट हात पारे । न्युजिल्याण्डका दुई खेलाडी रनआउट भएका थिए । न्युजिल्यान्डको यो भारतविरुद्ध सबैभन्दा ठूलो रन चेज पनि हो । जितसँगै न्युजिल्याण्डले तीन एक दिवसीय क्रिकेट श्रृङ्खलामा १-० को अग्रता बनाएको छ । अब दोस्रो खेल ८ फेब्रुअरीमा हुने छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले श्रेयश अय्यरको शतकीय योगदानको सहयोगमा चार विकेट गुमाएर ३४७ रन बनाएको थियो । श्रेयसले १०३ रनको योगदान दिए भने केएल राहुलले ६४ बलमा ८८ रन बनाए । विराट कोहलीले पनि ५१ रनको अर्धशतकीय योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *