पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने आज क्षमा पूजा

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलि (बुधबार) बाट खुल्ने भएको छ । आज (मंगलबार) बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने […]

Continue Reading

भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको टी २० सिरिजको अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलियाले जित निकालेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा भारतलाई १२ रनले हराउँदै अस्ट्रेलियाले सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने भारतले २-१ ले जितेको छ। आज सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]

Continue Reading

रोनाल्डोले गरे दुई गोल, युभेन्ट्सको शानदार जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको युभेन्ट्सलाई समूह विजेता बन्न कम्तीमा ३-१ को जित आवश्यक थियो । यस्तोमा […]

Continue Reading

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ […]

Continue Reading

एटलान्टा र मिलानले अंक बाँडे

काठमाडौं । इटालियन सिरी एमा दोस्रो स्थानको एटलान्टाले एसी मिलानसँग बराबरी खेलेको छ । मिलानका गोलकिपर जियानलुजी डोनारुम्बाले पेनाल्टी बचाएपछि एटलान्टाले बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मदानमा भएको खेलको १४औं मिनेटमा हाकन चालहानोग्ले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एटलान्टाले बराबरीको मौका गुमायो । एटलान्टाका रुस्लान मालिनोभ्स्कीको पेनाल्टी प्रहार मिलानका […]

Continue Reading

रामको जन्म नेपालमा भएको प्रमाणित गर्न सरकारले थाल्यो यस्तो तयारी

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ राखिरहेको बेला चितवनकाे अयोध्यामा पनि पुरातत्व विभागले अनुशन्धान गर्ने भएको छ । पर्साको ठाेरीसहित सम्भावित क्षेत्रहरुमा पनि यसअघि नै अनुशन्धानका लागि उत्खनन थालिएको पुरातत्व विभागले […]

Continue Reading

प्रचण्ड र नेपाललाई ओलीको जवाफ-‘प्रधानमन्त्रीको कुरै नगर्नुस्, म विकल्पको ‘वि’ पनि सुन्‍न चाहन्‍न’

काठमाडौँ, २ साउन । पार्टीभित्रको विवाद सुल्झाउने र शुक्रबार स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउने प्रयासमा बिहीबार नेकपा तीन शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई घन्टा बढी छलफलमा दाहाल र नेपालले प्रधानमन्त्रीबाट राजीनमा […]

Continue Reading

बेलायती र भारतीय वृद्ध गोर्खा सैनिकले नेपालमा भत्ता नपाउने ! सहि कदम ?

लण्डन : नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्ति भरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको छ। यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् । नेपाल सरकारको गृह मन्त्रिस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको […]

Continue Reading

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् शुभ हुनेछ ! साउन ०२ गते । शुक्रबार

वि.सं.२०७७ साल साउन ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– द्वादशी,४३ घडी ५३ पला,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी,३६ घडी १० पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा […]

Continue Reading

काठमाडौंमा २ हजारको परीक्षण गर्दा एक जनामा पनि देखिएन को’रोना

काठमाडौं : काठमाडौं उपत्यकामा समुदायस्तरमा को’रोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए। पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि महाशाखाले समुदाय स्तरमा संक्रमण फैलिएको छ […]

Continue Reading